प्रचार सामग्री

एनएचएस् आन्द्राको क्यान्सर परिक्षण: एफआइटि/फिट् उपकरण निर्देशन (Nepali)

अद्यावधिक गरियो 2 October 2024

Applies to England

तपाईको परिक्षण उपकरण (टेस्ट् किट्) कसरी चलाउँने निर्देशन

फिट् उपकरण कसरी चलाउने भनेर व्याख्या गर्ने छोटो एनिमेसन भिडियोअंग्रेजी, ब्रिटिस् साइन् ल्यांगुज् र उपशीर्षक सहित अन्य भाषाहरुमा उपलब्ध छन्।

Image of person writing the date on their FIT kit

बोतलमा मिति लेख्ने

डड्पेनले नमूना बोतलमा मिति लेख्नुहोस्।

भाडा वा ट्वाइलेट् पेपरको केहि भाग चलाएर तपाईको दिसा लिनुहोस्।

तपाईको दिसालाई ट्वाइलेट्को पानीलाई छुन नदिनुहोस्।

Image of someone using the FIT kit to collect a sample of poo

नमूना संकलन गर्ने

नमूना बोतल खोल्नको लागि बिर्को घुमाउनुहोस्।

त्यो लठ्ठीको टुप्पोमा रहेको कट्कट् काटेको भाग दिसामा रगडेर नमूना संकलन गर्नुहोस्।

परिक्षणको लागि हामीलाई अलिकति मात्र दिसा चाहिन्छ। कृपया धेरै संकलन नगर्नुहोला।

Image showing that the sample bottle needs to be clicked shut

नमूना बोतल क्लिक गरेर बन्द गर्ने

लठ्ठीलाई बोतल भित्र राख्नुहोस् र बन्द गर्न बिर्कोलाई धकेलेर ‘क्लिक’ गर्नुहोस्।

प्रयोग गरि सके पछि बोतललाई पूनःनखोल्नुहोस्।

प्रयोग गरि सके पछि कृपया तपाईको हाँत धुनुहोस्।

Image showing someone putting their completed FIT kit into the prepaid return envelope

संकलन गरि सके पछि परिक्षण उपकरण हुलाकद्वारा पठाउँने तयारी

तपाईले नमूना बोतलमा मिति लेख्नुभएको छ भनेर सुनिश्चित गर्नुहोस्।

तपाईलाई पठाइएको खाम भित्र त्यस् नमूना बोतललाई हाल्नुहोस्।

टेप तानेर निकाल्नुहोस्, र खाम बन्द गर्नुहोस् र हुलाकबाट पठाउँनुहोस्।

तपाईको संकलन गरिएको परिक्षण उपकरण कृपया जतिसक्दो चाडो पठाउँनुहोला।