मार्गदर्शन

सर्वाइकल स्क्रिनिङ: निमन्त्रणा (Nepali)

प्रकाशित 19 June 2024

Applies to England

हामी तपाईंको राष्ट्रिय स्वास्थ्य सेवा सर्वाइकल स्क्रिनिङ (विगतमा ‘स्मियर टेस्ट’ भनिने) को लागी तपाईंलाई निमन्त्रण गर्न यो पत्र लेख्दैछौं। हामी 25 देखि 64 वर्षको सबै महिला र पाठेघर भएका व्यक्तिहरूका लागि स्क्रिनिङ उपलब्ध गराउँर्छौं। स्क्रिनिङले सर्वाइकल क्यान्सर (पाठेघरको मुखको क्यान्सर) लाई रोक्न र ज्यान बचाउन मद्दत गर्छ।  

1. सर्वाइकल स्क्रिनिङका लागि कसरी स्थान सुरक्षित गर्ने  

यदि तपाईंलाई विगतमा निमन्त्रण गरिएको थियो वा तपाईंको अन्तिम सर्वाइकल स्क्रिनिङ छुटेको छ भने, अझै पनि धेरै ढिलो भएको छैन।  

यदि तपाईं भर्खरै सर्वाइकल स्क्रिनिङमा जानुभएको छ भने, तपाईंले अर्को एपोइन्टमेन्ट लिनु पर्दैन।   

2. सर्वाइकल स्क्रिनिङको बारेमा  

लगभग सबै सर्वाइकल क्यान्सर उच्चतम जोखिमपूर्ण मानव प्यापिलोमाभाइरस (HPV) द्वारा संक्रमणको कारणले हुन्छ। सर्वाइकल स्क्रिनिङद्वारा उच्चतम जोखिमपूर्ण मानव प्यापिलोमाभाइरसको उपस्थितिको पत्ता लाग्छ। यदि हामीले तपाईको परीक्षण नमूनामा मानव प्यापिलोमाभाइरस फेला पारेमा, हामी कोशिकामा भएको असामान्य परिवर्तनहरूको जाँच गर्नेछौं। कुनैपनि परिवर्तनहरू चाँडै थाहा पाएर यसको उपचार गर्नाले सर्वाइकल क्यान्सरका धेरैजसो अवस्थाहरूलाई रोक्न सकिन्छ।   

तपाईंले आफ्नो यौन झुकाव, यौन इतिहास जस्तो भएपनि वा मानव प्यापिलोमाभाइरस खोप लगाएको भए तापनि सर्वाइकल स्क्रिनिङ गराउने विचार गर्नुपर्छ।   

यो परीक्षणमा केही मिनेट मात्र लाग्छ, र यसका लागि तपाईंले महिला नर्स वा चिकित्सकका लागि अनुरोध गर्न सक्नुहुन्छ। तपाईंले जाँचको नतिजा कहिले पाउन सक्नुहुन्छ भनेर उनीहरूले तपाईंलाई भन्नेछन्, त्यसैले कृपया तपाईंको जीपी चिकित्सा केन्द्र वा यौन स्वास्थ्य चिकित्सा केन्द्रमा आफ्नो सम्पर्क विवरणहरू अद्यावधिक छन् भनेर निश्चित गर्नुहोस्।  

थप जानकारी  

राष्ट्रिय स्वास्थ्य सेवा सर्वाइकल स्क्रिनिङ कार्यक्रम बारे थप जानकारी राष्ट्रिय स्वास्थ्य सेवा वेबसाइटमा पाउनुहोस्। कृपया ‘तपाईको निर्णयमा मद्दत गर्ने’ पुस्तिका पढ्नुहोस्, जुन इजी रिड मा पनि उपलब्ध छ।   

यदि तपाईं चिन्तित हुनुहुन्छ र सर्वाइकल स्क्रिनिङका लागि सहयोग चाहिन्छ भने, कृपया ‘स्क्रिनिङमा जान गाह्रो पर्ने मानिसहरूको लागि सहयोग’ मार्गदर्शिका पढ्नुहोस्।  

यो जानकारीलाई कुनै वैकल्पिक स्वरूपमा अनुरोध गर्न, 0300 311 22 33 मा फोन गर्नुहोस् वा england.contactus@nhs.net मा इमेल गर्नुहोस्।  

3. सर्वाइकल क्यान्सरका लक्षणहरू  

यदि तपाईंमा कुनै असामान्य लक्षणहरू देखिएका छन् भने, कृपया सकेसम्म चाँडो आफ्नो जेनरल प्र्याक्टिस वा यौन स्वास्थ्य चिकित्सा केन्द्रमा भन्नुहोस्। लक्षणहरू निम्न अनुसार हुन सक्छन्:  

  • योनिबाट आफ्नो लागि असामान्य रक्तस्राव – यौन सम्पर्कको समयमा वा यसपछि रक्तस्राव, तपाईंको महिनावारीको बिचमा रक्तस्राव, रजोनिवृत्ति पछि वा महिनावारीमा सामान्य भन्दा धेरै रक्तस्राव  
  • यौन सम्पर्क गर्दा दुख्ने  
  • योनिस्रावमा परिवर्तन  
  • तपाईको ढाढको तल्लो भागमा, कम्मरको हड्डी (पेल्भिस) को मध्यमा, वा तपाईको तल्लो पेटमा दुख्ने।   

यदि सर्वाइकल स्क्रिनिङको बारेमा तपाईंको कुनै प्रश्नहरू छन् भने, कृपया तपाईंको जीपी वा प्र्याक्टिस वा क्लिनिक नर्ससँग कुरा गर्नुहोस्।   

4. तपाईंको भवदीय,   

राष्ट्रिय स्वास्थ्य सेवा सर्वाइकल स्क्रिनिङ कार्यक्रम